काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो।
आज सुनको मूल्य प्रतितोला घ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेपाली बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ३ रुपैयाँमा कारोबार भएको थियो।
आज नेपाली बजारमा चाँदी पनि बढेको छ । आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।










