समय : ०२:१० pm | मङ्गलबार , भाद्र १६ गते २०८३

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

अर्थ विशेष | भाद्र १६ गते २०८३

काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशतबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले १२ करोड ४५ लाख ७५ हजार ७०३.६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्