समय : ०३:१४ pm | आइतबार , भाद्र १४ गते २०८३

सानिमा बैंकले घोषणा गर्यो लाभांश

अर्थ विशेष | भाद्र १४ गते २०८३

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको हो ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। यस्तै, बैंकको सोही सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत अग्राधिकार शेयर पनि वितरण गर्ने निर्णय गरेको छ।

हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्