समय : ०७:०८ am | सोमबार , पौष ८ गते २०८१

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबार रकममा पनि सुधार

अर्थ विशेष | वैशाख ३१ गते २०८१
Share bazar

साताको दोस्रो दिन सोमवार नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । उक्त दिन कारोबार रकममा पनि बढेको छ ।
सोमबार नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ । साथै यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ । यस दिन लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकमा देखिएको छ । उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको छ ।
यस दिन ८ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१% बढेको छ । लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंक, श्रृजनशील लघुवित्त, समाज लघुवित्त, माण्डु हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन गुराँस लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसि लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.६५ प्रतिशत घटेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्