समय : ०२:१६ pm | बुधबार , भाद्र ३ गते २०८३

२७०० ले घट्यो सुन

अर्थ विशेष | भाद्र ३ गते २०८३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुन ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्