समय : ११:१७ pm | शुक्रबार , श्रावण २९ गते २०८३

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने : मन्त्री पौडेल

अर्थ विशेष | श्रावण २९ गते २०८३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आज यहाँ आयोजित ५९ औँ वार्षिक साधारणसभामा उहाँले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताए ।

देशको पर्यटन क्षेत्रको विकासका खातिर नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापनको व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्