वीरगञ्ज । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले यस्तो बताएका हुन्।
बजारमा ग्यासको अभाव गराउनेलाई ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ एवं ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजायसमेतको कडा कानुनी कारबाही गर्न सकिने व्यवस्था छ ।










