समय : ०३:३७ pm | बुधबार , असार २४ गते २०८३

नेप्से परिसूचकमा ३० अंकको गिरावट

अर्थ विशेष | असार २४ गते २०८३

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ । आज २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको ६२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी डिबेञ्चरको ४३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ५२ प्रतिशतका दरले कमाएका हुन् । प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ४ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेड डेभपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ४१ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्