समय : ०७:५८ pm | शुक्रबार , असार १९ गते २०८३

प्रधानमन्त्रीले नियुक्त गरे सातै विश्वविद्यालयमा उपकुलपति

अर्थ विशेष | असार १९ गते २०८३

काठमाडौं । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले मुलुकका सातवटा प्रमुख विश्वविद्यालयहरूमा नयाँ उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार भएको यो निर्णयसँगै लामो समयदेखि नयाँ नेतृत्वको पर्खाइमा रहेका विश्वविद्यालयले नयाँ उपकुलपति पाएका हुन् ।

प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका हुन् । उनीसँगै अन्य ६ वटा विश्वविद्यालयमा पनि नयाँ नेतृत्व चयन गरिएको छ । जसअनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल नियुक्त भएका छन् ।

त्यसैगरी, राजर्षी जनक विश्वविद्यालयको उपकुलपतिमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् ।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा एउटा विशेष समिति गठन गरिएको थियो । उक्त समितिले प्रत्येक विश्वविद्यालयका लागि योग्य उम्मेदवारहरूको सर्टलिस्ट (तीन/तीन जना) तयार गरी कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले शुक्रबार यी नियुक्तिहरू टुङ्ग्याएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्