समय : ०२:१७ pm | बुधबार , असार १० गते २०८३

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

अर्थ विशेष | असार १० गते २०८३

काँक्रेविहार् । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ ।प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा रु २६ करोड ७० लाख १५ हजार ३४४ राजस्व जम्मा गरेको बताए ।

रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले रु तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले रु एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताए ।

कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ ।

सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म रु २४ करोड ९७ लाख बराबर सवारीसाधन कर जम्मा भएको थियो ।

सुर्खेतले रु २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले रु दुई करोड ६६ लाख ५१ हजार र जुम्लाले रु ७३ लाख ६५ हजार सङ्कलन गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्