चितवन । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले सरकार 'एक्सप्रेस वे' हिँडिरहेको बताएका छन् ।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले 'हाम्रो गाडी लोकल सडकमा होइन, एक्प्रेस वे'मा कुदिरहेको छ। गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ ।'
यसअघिका वक्ता एमाले नेता प्रदीप ज्ञवालीले सरकारका प्रारम्भिक गतिविधिमा काम गर्ने हुटहुटी देखिए पनि सन्तुलन नमिलेको बताएका थिए । 'गाडीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ । दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ,' उनले भनेका थिए ।
'पार्टीप्रति धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । हाम्रो गाडी लोकल सडकमा होइन, एक्प्रेस वे'मा कुदिरहेको छ। गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ,' उनले भने, 'हामी नियममा बसेरै काम गर्छौं । सबै चिज नियन्त्रणमै छ ।'










