समय : ११:५४ pm | बिहिबार , जेठ २८ गते २०८३

करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न

अर्थ विशेष | जेठ २८ गते २०८३

काठमाडौँ। प्रतिनिधिसभा सदस्यहरुले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको सरकारको ध्यानाकर्षण गराएका छन्।

आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निश्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसद्‌मा पेस भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गरे।

करको दर सरकारले आफूखुसी बदल्न नपाइने विषयलाई ध्यान दिन उनले आग्रह गरे। बाढीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्