समय : ०६:३२ pm | सोमबार , जेठ २५ गते २०८३

जलवायु अनुकूलनका लागि बैंक, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह

अर्थ विशेष | जेठ २५ गते २०८३

काठमाडौं । जलवायु न्यूनीकरण र अनुकूलनका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.०’ सेयर द स्कोप, रेज द होप’ विषयक सम्मेलनअन्तर्गतको प्यानल छलफलमा वक्ताहरुले सो धारण व्यक्त गरेको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. नवराज पुडासैनीले नेपालको वन क्षेत्रको बिकासमा सामुदायिक वन उपभोक्ता र आदिवासी जनजातिको योगदान उल्लेखनीय रहेको चर्चा गरे। वरिष्ठ ऊर्जाविज्ञ डा. रामप्रसाद धितालले स्वच्छ एवं नवीकरणीय ऊर्जामा लगानी र प्रयोग बढाउनु पर्छ भनेका छन् ।

नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा, नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामबहादुर यादव, सिटिजन्स लाइफ इस्न्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले हरित लगानीका लागि सबै प्रकारका बित्तिय संस्थाले सहजीकरण गर्नुपर्ने धारण राखेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्