समय : ०२:१९ am | सोमबार , पौष ७ गते २०८१

सुनको मूल्य एकैदिन २८ डलरले बढ्यो

अर्थ विशेष | असार २० गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य व्यापक वृद्धि भएको छ । सुनको मूल्य प्रतिऔंस १.२३ प्रतिशत अर्थात २८.७६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३५९.१३ डलरमा कारोबार भईरहेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस ३.१२ प्रतिशत अर्थात ०.९२ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.५ डलर कायम भएको छ ।

अमेरिकी केन्द्रीय बैंक ‘फेडरेल रिजर्भ(फेड)का अध्यक्ष जेरोमी पावेलले सेप्टेम्बरमा बस्ने बैठकमा ब्याजदर कटौति गर्ने बताएपछि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । यसका साथै विश्वव्यापी आर्थिक सुस्तता,विश्व भू–राजनीतिमा देखिएको दबाव र अमेरिकी र युरोपेली राजनीतिक अनिश्चितताका कारण बहुमूल्य पहेलो धातु सुनको मूल्यमा वृद्धि भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्