समय : ११:१८ pm | बुधबार , जेठ १३ गते २०८३

खानामा नै हुन्छ नेपालीको धेरै खर्च

अर्थ विशेष | जेठ १३ गते २०८३

काठमाडौं । नेपालीको कुल निजी उपभोगमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्य वस्तुमा हुने गरेको छ ।

बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष कुल निजी उपभोगमा खाद्य वस्तु, गैरखाद्य वस्तु र सेवाको अंश क्रमशः ४८.३० प्रतिशत, १८.४६ प्रतिशत र ३३.२४ प्रतिशत रहने अनुमान प्रस्तुत छ ।

गत आर्थिक वर्ष यस्तो अंश क्रमशः ४८.८४ प्रतिशत, १८.३४ प्रतिशत र ३२.८२ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा कुल निजी उपभोगमा खाद्य वस्तुको अंश घट्ने र सेवा तथा गैर खाद्य वस्तुको अंश सामान्य वृद्धि हुने अनुमान छ ।

पछिल्लो दशक कुल निजी उपभोगमा खाद्य, गैर–खाद्य वस्तु र सेवाको अंश वार्षिक औसत क्रमशः ४८.७५ प्रतिशत, १८.६७ प्रतिशत र ३२.५८ प्रतिशत रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्