समय : ०१:५७ pm | शनिबार , जेठ ९ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावट

अर्थ विशेष | जेठ ८ गते २०८३

काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ सय रुपैयाँले सस्तो पर्न गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज प्रतितोला सुनको कारोबार २ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ९३ हजार ८ सय कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्