समय : ०५:२३ pm | बिहिबार , वैशाख ३१ गते २०८३

नेसनल लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट दिने

अर्थ विशेष | वैशाख ३१ गते २०८३

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण (नवीकरण) गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै व्यतित बीमालेख भोलि जेठ १ गतेदेखि जेठ १५ गतेसम्म पुनर्जागरण गर्दा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो। कम्पनीका अनुसार २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरु पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुनेछ ।

यसैगरी २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशत र २०७८ चैत २ गतेबाट २०८१ चैत १ गतेसम्म व्यतित भएका बीमालेख पुनर्जागरण विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।

त्यस्तै २०८१ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

पुनर्जागरणको मितिले २ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखको हकमा विलम्ब शुल्क छुटको नपाउने, एकपटक विलम्ब शुल्क छुट सुविधा लिइसकेका बीमितलाई पूरा बीमा अवधिभरि पुनः छुट नदिइने र विलम्ब शुल्क छुट उपभोग गर्ने बीमितहरुलाई आफ्नो केवाईसी तथा आवश्यकताअनुसार ईडीआईसमेत अद्यावधि गराउनुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

यस छुट योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्