समय : ०६:४८ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

प्रशान्ति एकेडेमी, कपनका सबै विद्यार्थीले ल्याए ए प्लस

अर्थ विशेष | वैशाख २९ गते २०८३

काठमाडौं । काठमाडौंको कपनमा रहेको प्रशान्ति एकेडेमीमा अध्ययन गरेर एसईईको परीक्षामा सहभागी भएका सबै विद्यार्थी ए प्लस ल्याएर उत्तीर्ण भएका छन् ।

यसअघिका वर्षहरूमा पनि प्रशान्ति एकेडेमीले एसईई लगायतका सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा प्रशान्ति एकेडेमी सफल विद्यालय हो ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२-कपन, मुस्कान चोकमा रहेको प्रशान्ति एकेडेमी, विगत लामो समयदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको र आम रोजाइको शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ ।

अनुशासन, गुणस्तरीय शिक्षा र निरन्तर उत्कृष्ट परिणामका कारण प्रशान्ति एकेडेमीले आफ्नो शैक्षिक पहिचानलाई अझ मजबुत बनाउँदै गएको प्रशान्ति एकेडेमीका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्