समय : ०२:१६ pm | सोमबार , वैशाख २१ गते २०८३

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

अर्थ विशेष | वैशाख २१ गते २०८३

काठमाडौं । वाग्मती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ ।

प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चार वटा निकुञ्जलाई छनोट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । प्रदेशका लाङटाङ, शिवपुरी–नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले  जानकारी दिए ।

यी चार निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृतिमैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उनले बताए । चार वटै निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्