काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा राजु प्रसाद प्याकुरेल नियुक्त भएका छन् । प्याकुरेललाई नेपाल सरकारको अर्थमन्त्रीस्तरको वैशाख १४ गतेको निर्णयले कम्पनीको सञ्चालक सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
जसपश्चात कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार प्याकुरेलले पदवाहाली गरेको कम्पनीले जनाएको छ ।
यसअघिमा सञ्चालक सुरेन्द्र कुमार पौडेलले् गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामा अर्थमन्त्री स्तरको वैशाख १ गतेको बैठकले स्वीकृत गरेको थियो ।










