काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई छलफलमा बोलाएको छ ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।
छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिए ।
यसअघि संयोजक रसाइलीले शुक्रबार (४ चैत) मा कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको जानकारी दिएका थिए ।
उनले २ चैतमा निर्वाचन कार्यतालिका प्रकाशित हुने पनि बताएका थिए । तर, कांग्रेसले कार्यतालिका अझै ल्याएको छैन ।









