काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा होम बहादुर खड्का मनोनयन भएका छन्। कम्पनीको रिक्त सञ्चालक पदमा नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोनयन भएका हुन् ।
कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक विश्वराज बरालको सट्टामा उक्त बैंकका डीसीईओ बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।









