समय : ०७:०२ pm | सोमबार , फागुन ११ गते २०८२

आशा लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

अर्थ विशेष | फागुन ११ गते २०८२


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर हितग्राही खातामा जम्मा गरेको छ । संस्थाको गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

संस्थाको साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनश शेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते बुक क्लोज गरेकोले सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कायम शेयरधनीको डिम्याट खातामा सभाले पारित गरेको बोनस शेयर जम्मा गरिसकिएको कम्पनीले जनाएको छ।

साथै मंसिर २१ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको बोनश शेयर कर्जा प्रवाह गर्ने बैंक वित्तीय संस्थाको नाममा नै रोक्का भएकोले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक वित्तीय संस्थामा सम्पर्क गरी बोनश शेयर फुकुवा गर्न आग्रह समेत गरेको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्