समय : ०३:१७ am | सोमबार , फागुन १० गते २०८२

सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढ्यो

अर्थ विशेष | फागुन १० गते २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आइतबार ३ सय ७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्