समय : ०३:५७ am | बिहिबार , फागुन ६ गते २०८२

नौ लाख उनान्चालिस हजार राजस्व असुली

अर्थ विशेष | फागुन ६ गते २०८२

कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्