समय : ०३:५६ am | मङ्गलबार , फागुन ४ गते २०८२

सुनको मूल्य घट्यो

अर्थ विशेष | फागुन ४ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख ५ हजार ८ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्