समय : ०४:०१ am | बिहिबार , चैत्र ११ गते २०८२

डिजेल र पेट्रोलको मूल्य बढ्यो

अर्थ विशेष | फागुन ४ गते २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक, डिजल र मट्टीतेलमा प्रतिलिटर तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ कायम भएको छ ।

त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ कायम भएको निगमले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्