समय : ०१:१५ pm | बिहिबार , चैत्र १२ गते २०८२

जलेश्वरमा १२० करोडको लागतमा पाँचतारे होटल निर्माण हुने

अर्थ विशेष | माघ २३ गते २०८२

जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा १२० करोडको लागतमा अत्याधुनिक पाँचतारे होटल ‘साङ्ग्रिला प्रिमियर रिसोर्ट एन्ड क्यासिनो’ निर्माण हुने भएको छ ।

मधेश प्रदेशको पर्यटन क्षेत्रको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यले सत्या समूहको लगानीमा निर्माण हुन लागेको ७५ अन्तरराष्ट्रिय मापदण्डका लक्जरी कोठा, विदेशी पर्यटकलाई लक्षित गरी अन्तरराष्ट्रियस्तरको क्यासिनो, विवाह तथा कर्पाेरेट सम्मेलनका लागि अत्याधुनिक ब्याङ्क्वेटहल तथा प्रिमियम क्लब निर्माण हुनेछ ।

सो होटल निर्माणपश्चात् स्थानीय २०० भन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारी पाउने उक्त समूहका प्रबन्ध निर्देशक धर्मा मण्डलले जानकारी दिए । झण्डै २२ कट्ठा जमिनमा निर्माण हुन लागेको उक्त होटलको निर्माणका लागि ७० प्रतिशत बैंक कर्जाबाट तथा ३० प्रतिशत सत्या समूहको स्वपुँजी रहने प्रबन्ध निर्देशक मण्डलको भनाइ छ । होटलका लागि जमिनको खरिद तथा नापनक्सासमेत भइसकेको बताइएको छ ।

होटल निर्माणबारे पत्रकारहरुलाई आज जनकपुरधाममा जानकारी दिँदै प्रबन्ध निर्देशक मण्डलले जनकपुर र जलेश्वर तथा आसपासको क्षेत्रका साथै सीमावर्ती पर्यटन तथा आगन्तुकको बसोबास र मनोरञ्जनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन योजनाअनुसार यो होटल निर्माण गरिन लागेको हो । सो होटलको निर्माणबाट उक्त क्षेत्रमा व्यावसायिक कारोबार बढ्ने अपेक्षा गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्