समय : ०१:१५ pm | बिहिबार , चैत्र १२ गते २०८२

हकप्रद निष्कासन गर्न हिमालयन हाईड्रोपावरले पायो पूर्वस्वीकृती

अर्थ विशेष | माघ २३ गते २०८२

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती पाएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि आयोगबाट माघ २१ गते पूर्वस्वीकृती पाएको हो ।कम्पनीले चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगसमक्ष निवेदन दिएको थियो ।

कम्पनीले अद्यावधिक कर्जा चुक्ता गर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्