काठमाडौं। सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य हो। सुनको मूल्य आइतबार २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको थियो। आज सोमबार मूल्य ५ हजार २ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च









