समय : ०३:२८ am | शुक्रबार , फागुन २८ गते २०८२

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन

अर्थ विशेष | पौष २१ गते २०८२

देवदह (रूपन्देही) । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
देवदह (रूपन्देही) । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्