समय : ०१:३३ am | बिहिबार , फागुन २० गते २०८२

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

अर्थ विशेष | पौष २१ गते २०८२

नवलपरासी । अत्यधिक चिसोका कारण बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए । उनले १० वर्षदेखि ६ बिघा जग्गामा व्यावसायिक माछा पालन गर्दै आएका छन् ।

उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शंकर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका छन् । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्