समय : १२:३१ pm | बुधबार , फागुन २७ गते २०८२

मेटलाइफ नेपालद्वारा सरकारको पुनःनिर्माण कोषलाई आर्थिक सहयोग

अर्थ विशेष | पौष १७ गते २०८२

काठमाण्डौ । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ ।

देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्