काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँमा निर्धारण गरिएको छ । यो संस्थापक सेयर हाल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौं सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।