काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले यस वर्षको ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’,सम्पन्न गरेको छ । १०० प्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५० प्रतिशतसम्मको वृद्धि हात पार्न सफल भएको दराजले जनाएको छ ।
यसले ग्राहक विश्वास तीव्र गतिमा बढिरहेको स्पष्ट संकेत दिँदै गुणस्तरमा आधारित अनलाइन किनमेलकै नयाँ मानक स्थापित गर्न समेत सफल भएको कम्पनीको भनाई छ ।
नोभेम्बर १० (राति ८ बजे) देखि नोभेम्बर २१ सम्म चलेको यो अभियानमा उपभोक्ताहरूको अभूतपूर्व संख्यामा सहभागी रहेको थियो । लाखौँ नेपाली उपभोक्ताले भारी छुट, दुई करोड रुपैयाँभन्दा बढी मूल्यका विशेष भाउचर, र विभिन्न श्रेणीमा क्युरेटेड डिलहरूको लाभ पनि उठाउने अवसर पाएका थिए । यस वर्ष डेलिभरी गति, ग्राहक अनुभव, र डिजिटल भुक्तानीमा समेत उल्लेखनीय सुधार प्रस्तुत गर्दै, समग्र बिक्रीमध्ये ४८ प्रतिशत हिस्सा पहिलोपटक अनलाइन किनमेल गर्ने ग्राहकले योगदान गरेका छन् । यसले नेपालमा डिजिटल वाणिज्यप्रति नयाँ प्रयोगकर्ताको विश्वास मजबुत हुँदै गएको प्रमाण दिएको छ ।
ब्राण्ड्स तथा बिक्रेताका लागि ऐतिहासिक ग्रोथ
यस वर्षको दराज ११.११ देशभरका विक्रेताका लागि नै एक ऐतिहासिक वर्षका रुपमा स्थापित भएको छ । ६,००० भन्दा बढी विक्रेताले गत वर्षको प्रदर्शनलाई पछि पार्दै ११.११ लाई २०२५ कै सर्वाधिक सफल अभियानका रुपमा स्थापित गरेका छन् । उपभोक्तालाई आकर्षित गर्ने प्रमुख ब्रान्डहरूमा अल्टिमा लाइफस्टाइल, ग्रिन लाइफ एक्स्पेरियन्स, मामाअर्थ, द दर्मा को, एईविबी, सेताफिल, म्यामिपोको, मसलब्लेज, एडिदास र क्यासियो रहेका छन् । यस वर्ष तीव्र गतिमा बृद्धि हात पार्न सफल ब्रान्डहरूमा रेडमी, ग्लेन, भिभो, प्यानासोनिक, सीएमएफ, फिलिप्स, सियाओमी, हिमस्टार, भरटेक्स र ग्रिन लाइफ एक्स्पेरियन्स अग्रणी रहेका छन् ।
तिनले उच्च भिजिबिलिटी सहितका ब्रान्ड मोमेन्टहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सफल भएका थिए । साथै, नयाँ तथा उदयिमान ब्रान्डहरूले पनि बलियो उपस्थिति जनाउन सफल भएका छन् । नाइन, प्लम, सेफ्टी, एरके, भ्यासेलिन, प्याराशुट, न्यूलाइट, मार्स, लिभोन र त्रिकाया लगायत ब्रान्डहरूले पहिलोपटक देशव्यापी ध्यान खिच्दै उल्लेखनीय वृद्धि समेत हासिल गरेका छन् ।









