काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशमलव ५३ अंकले घटेर २,६४४ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।









