समय : ०१:३९ am | शनिबार , कार्तिक १४ गते २०८२

महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

अर्थ विशेष | कार्तिक १४ गते २०८२


महेन्द्रनगर। कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित रहेको छ । आयोजना कार्यान्वयनमा हालसम्म रु नौ अर्ब खर्च भइसकेको छ ।

बजेट अभाव, जग्गा मुआब्जा वितरणमा ढिलाइ र वन क्षेत्र व्यवस्थापन नहुँदा आयोजना सुस्त गतिमा अघि बढेको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलले भने, “मुआब्जामा स्थानीय असन्तुष्टि, जग्गाको समस्या र वन क्षेत्र व्यवस्थापन नहुँदा प्रगति सुस्त भएको हो।”

उनका अनुसार निर्माण कम्पनीसँग रु एक अर्ब ९७ करोडको सम्झौता गरी कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा जारी छ। हालसम्म ब्रह्मदेवदेखि फुलेलीसम्म २८.८ किलोमिटर नहर निर्माण भइसकेको छ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको १,२०० मिटर नहर निर्माण गरिसकेको छ। सरकारले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्म नहर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्