समय : ०८:२३ am | मङ्गलबार , पौष ९ गते २०८१

सूर्यज्योति लाइफको संस्थापक शेयर विक्रीमा

अर्थ विशेष | असार ५ गते २०८१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ५ लाख ६८ हजार २८७ कित्ता शेयर बिक्री गर्न इच्छा राखी निवेदन पेश गरेकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरमा संस्थापक शेयरधनीहरूले मात्रै आवेदन पेश गर्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।
कम्पनीले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन अनुसार उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीको भनाई छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्