समय : ०९:४४ am | बिहिबार , चैत्र १९ गते २०८२

झापा इनर्जीको आईपीओ बाँडफाँड

अर्थ विशेष | असाेज ८ गते २०८२

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर र ३४ हजार ४०३ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये ४७ हजार ३३३ जनालाई १० कित्ताका दरले ४ लाख ७३ हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ६ जनालाई एक/एक कित्ताका दरले थप ६ कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्