समय : ०५:५५ am | मङ्गलबार , चैत्र २४ गते २०८२

सुनको मूल्य पुनः किर्तिमानी उचाईमा

अर्थ विशेष | भाद्र २४ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले फेरि किर्तिमानी उचाई चुमेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार २१ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य स्थानिय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि गत भदौ २२ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५१५ रुपैयाँ पुगेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्