समय : १०:२४ am | मङ्गलबार , चैत्र २४ गते २०८२

संयुक्त उर्जाले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

अर्थ विशेष | भाद्र १९ गते २०८२

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।

संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्