समय : ०१:०४ am | बिहिबार , चैत्र ११ गते २०८२

नर्भिक इन्टरनेशनल हस्पिटलले जारी पुँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | भाद्र ६ गते २०८२

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने र आव २०८१र८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि २.१०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आईपीओ निष्कासनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्