काठमाडौं ।अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको नाफामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आर्थिक वर्ष ०८१/८२ मा कम्पनीको नाफा ६ करोड बढीले बढेको हो । आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको नाफा ३४ लाख १३ हजार ११६ रुपैयाँ भएकोमा गत आर्थिक वर्ष ०८१/८२ मा नाफामा वृद्धि भएर ६ करोड ५४ लाख ३१ हजार ९८० रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानी, ग्रस नाफा र सञ्चालन नाफामा वृद्धि भएसँगै कम्पनीको नाफामा वृद्धि भएको हो । गत आर्थिक वर्षमा कम्पनीले २२ करोड ७६ लाख ६२ हजार ७१४ रुपैयाँ आम्दानी, २२ करोड ३० लाख ६० हजार ९५९ रुपैयाँ ग्रस नाफा र १४ करोड ३६ लाख ४ हजार ८१ सञ्चालन नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनीको आधारभूत प्रतिशेयर वार्षिक आम्दानी १३ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १९ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३०९ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८७ पैसा पुगेको छ ।
यस्तो छ, अपर हेवाखोला हाइड्रोले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरण









