समय : ०१:५० pm | सोमबार , चैत्र १६ गते २०८२

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गछौँ : प्रधानमन्त्री ओली

अर्थ विशेष | श्रावण २८ गते २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने बताएका छन्।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन्।

‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
हाल नेपालले भारत र बंगालादेशलाई बजुली बिक्री गर्दै आएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्