समय : ०३:२७ pm | सोमबार , चैत्र १६ गते २०८२

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू गर्छौंः मन्त्री गुरुङ

अर्थ विशेष | श्रावण २७ गते २०८२


काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजीटल नेपाल फ्रेमवर्क–२ लागु हुने बताए ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्धारा आयोजीत बैठकमा मन्त्री गुरुङले डिजीटल नेपाल फ्रेमवर्क –२ (डिएनएफ–२) को मस्यौदा तयारी भईसकेको र मन्त्रालयले छिटट्ै कार्यान्व्यन स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेश गर्ने जानकारी दिए ।

समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट भएका कामकारवाही एवं कार्ययोजना–तयारी बारेमा छलफल गर्न बैठक राखेको थियो ।

उक्त बैठकमा मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजीटल फ्रेमवर्क (डिएनफ १.०) ले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।

दोस्रो चरणको डिजीटल फ्रेमवर्क समय सापेक्ष र वृहत्तर रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । फ्रेमवर्कमा रहेका ८ वटा डोमेनहरुमा कृषि, स्वास्थ्य, शिक्षा, अर्बान इन्फास्ट्रक्चर, उर्जा, टुरिजम, फाइनान्स र डिजीटल फाउन्डेशन रहेका छन् ।

देशको आर्थिक रुपान्तरण र समृद्धिका लागि महत्वपुर्ण अवधारणाका रुपमा अधि सारिएको डिजीटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि १ खर्ब ७ अर्ब ५० करोड बजेट अनुमान गरिएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले डिजीटल फ्रेमवर्कको लक्ष्य पुरा गर्न विश्व बैंकले सम्झौता अनुसार एक रुपैया पनि आर्थीक सहयोग नगरेको बताए । त्यसैले यो वर्ष मन्त्रालयले आफ्नै पहलमा डिजीटिल नेपाल फ्रेमवर्क–२ लागु गर्ने भएको उहाँले जानकारी दिए ।

साथै, डिजीटल नेपाल फ्रेमवर्क–२ का विषयगत ८ वटा क्षेत्रलाई लागु गर्न विभिन्न मन्त्रालय सँग साझेदारी गर्नुपर्ने बताउदै यसका लागि प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवको संयोजकत्वमा एउटा समिति नै गठन गर्नुपर्ने बताए ।

साथै, डिजीटल नेपाल फ्रेमवर्क प्रभावकारी बनाउन मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को पोलीसि समस्यौदा समेत छिट्टै मन्त्रीपरिषद्बाट स्वीकृत गर्ने तयारी रहेको बताए ।

यसैगरि, देशलाई इ–गर्भनेन्स तर्फ लैजान, जिआइओएमस प्रणाली लागु गर्ने, हाल सम्म १ सय ४० वटा निकायहरुमा सरकारी एकिकृत अफिस व्यवस्थापन प्रणाली(जिआइओएमएस) प्रयोग भइरहेको, करिब २० हजार को संख्यामा सरकारी एकिकृत इमेल प्रयोगमा ल्याएको, करिब १४ हजार ७ सय ३३ वटा विधुतीय हस्ताक्षर प्रयोगमा आएको मन्त्री गुरुङले जानकारी दिए ।

हुलाकलाई डिजीटाइजेशन गर्ने, डाटा सेन्टरहरु निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालय सक्रिय रहेको पनि जानकारी गराए ।

त्यस्तै, नीतिगत सुधारमा पनि मन्त्रालयले प्रमुखताका साथ योजना बनाएको बताए ।
मन्त्री गुरुङले फोरजी नेटवर्क घर घरमा पुर्याउनुको साथै यो वर्ष फाइभ जी नेटवर्कलाई काठमाडौँ र पोखराबाट सूरु गर्ने पनि जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्