समय : १०:१२ am | सोमबार , वैशाख ७ गते २०८३

नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थ विशेष | श्रावण २६ गते २०८२

काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् ।

नाडाले अटो शो मा प्रमुख अतिथिको रूपमा उपस्थित भएर उद्घाटन गरिदिन गरेको निवेदनलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका हुन् ।साउन २५ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेटेर भेटेर १७औँ संस्करणको नाडा अटो शो को विषयमा जानकारी गराउँदै उद्घाटनको लागि आग्रह गरेको थियो ।

नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको शो मा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्ड रहने जनाइएको छ ।

साथै, शो इलेक्ट्रिक, हाइब्रिड, स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, युनट्री रोबट, दीपल इभोटल लगायत विषय प्रदर्शनको पनि केन्द्र रहने जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्