काठमााडौं । मन्जुश्री फाइनान्स लिमिटेडले भिडियो केवाइसी सेवा सुरु गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फाइनान्सले घरबाटै आफ्नो खाता अपडेट गर्नसक्ने गरी सो सेवा सुरु गरेको हो ।
सो सेवाको सुरुवातसँगै प्रवासमा रहेका नेपाली र प्रविधिको प्रयोग गर्नसक्ने ग्राहकहरूले फाइनान्सको शाखा कार्यालय नगई आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् ।
भिडियो केवाइसी सेवा सुरु गरेर फाइनान्सले डिजिटल बैंकिङमा आफ्नो प्रतिबद्धता प्रर्दशन गरेको र भविष्यमा थप नयाँ प्रविधि ल्याउने जनाएको छ ।
‘ग्राहकको समय बचत र सहज सेवा दिनका लागि हामीले यो सेवा सुरु गरेका हौं, हामी डिजिटल बैंकिङको क्षेत्रमा निरन्तर नवप्रवर्तन गर्दै आएका छौं,' फाईनान्सले भनेको छ ।










