समय : ०७:२९ am | बिहिबार , चैत्र १२ गते २०८२

शेयर बजारमा हरियाली, १६ अर्ब ३२ करोड माथि कारोबार

अर्थ विशेष | श्रावण ५ गते २०८२

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ७८ अंकले बढेर २,९०२ को विन्दुमा बन्द भएको छ । आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्