समय : १०:२८ pm | सोमबार , चैत्र १६ गते २०८२

योगदानमूलक निवृत्तिभरण कोष स्थापनासम्बन्धी विधेयक पारित

अर्थ विशेष | असार २४ गते २०८२

मोरङ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य राजन कार्कीले पर्यटन, वन तथा वातावरण मन्त्री षदानन्द मण्डलले सचिवालयका कर्मचारी अमृत मेहताको ‘क्युआर कोड’मार्फत आफ्ना मन्त्रालयका कर्मचारीहरूसँग रकम माग गर्ने गरेको व्यापक गुनासो र सामाजिक सञ्जालमा आएपछि सो विषयमा सरकारको आधिकारिक धारणाको माग गरे ।

अर्का सदस्य सपना दर्जीले भारतबाट दैनिक १० टन माछा मोरङ, सुनसरी र झापाबाट अवैध रूपमा आयात हुने गरेकामा नियन्त्रण गरी स्वदेशी माछा कृषकलाई घरवारविहीन हुनबाट जोगाउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभाको अर्को बैठक आगामी साउन ७ गते दिनको १ बजे बस्ने सभामुख विष्टले सदनसमक्ष जानकारी गराए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्