समय : १२:०२ am | सोमबार , असार २२ गते २०८२

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

अर्थ विशेष | असार २० गते २०८२

काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन्।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ। नीति लगानीमैत्री छन्। लगानीका क्षेत्र पहिचान राम्रो तयारी गरी गरी अघि बढ्नुस्। सरकार सहयोग र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने।प्रतिनिधिमण्डलमा सहभागीले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए। प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद् अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाई कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्